दफा १४८
वार्षिक साधारणसभा गर्नु नपर्ने
: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राइभेट कम्पनीका शेयरधनीहरुबीच भएको सर्वसम्मत सम्झौतामा कम्पनीको वार्षिक स सभा नगर्ने कुरा उल्लेख भएको रहेछ भने सो सम्झौताको अवधिभर त्यस्तो प्राइभेट कम्पनीले वार्षिक साधारण सभा गर्नु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम वार्षिक साधारण सभा नगर्ने गरी सर्वसम्मत सम्झौता भएकोमा कम्पनीले यस ऐन बमोजिम साधारण सभाबाट निर्णय गर्नु पर्ने विषयमा निर्णय गर्ने कार्यविधि तथा निर्णय गर्ने अख्तियारको बारेमा पनि व्यवस्था गर्नु पर्नेछ ।